इटालीलाई हराउँदै चेक रिपब्लिक युनाइटेड कपको सेमिफाइनलमा

पुस २०, २०८१ |खेल ब्युरो
इटालीलाई हराउँदै चेक रिपब्लिक युनाइटेड कपको सेमिफाइनलमा

काठमाडौं । चेक रिपब्लिकले इटालीलाई लगातार तेस्रो पटक युनाइटेड कपको उपाधि जित्नबाट रोकेको छ। गएराति सिड्नीमा भएको क्वार्टरफाइनलको टिम इभेन्टमा दुई खेलमा जित दर्ता गरेर चेक रिपब्लिकले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

जितसँगै चेक गणतन्त्रले सेमिफाइनलमा अमेरिकासँगको भेट पक्का गरेको छ । चेक रिपब्लिकको लागि वर्ष २०२४ उत्कृष्ट रहृयो। उसले डेभिस कपको लागि बिल जेन किङ कपको उपाधि पनि जित्यो। तर अष्ट्रेलियन ओपन अघिको उपाधि भने गुमाउन पुग्यो।

५४ मिनेट चलेको खेलमा थोमस म्याकहृयाककले सहजै जित दर्ता गरे। उनले फ्लाभियो चोबिलविरुद्ध पहिलो सेट ६-१ र दोस्रो सेट ६-२ ले जितेको थिए। यता महिलातर्फको क्वार्टरफाइनलमा चेक रिपब्लिककी कारोलिना मुचोभाले इटालीकै ज्यास्मिन पाओलिनीलाई दुवै सेटमा ६-२ ले हराएकी थिइन्।

लगातार दुई सेट जित्दै चेक रिपब्लिक अन्तिम चारमा प्रवेश गरेको हो। पोओलिनी पछिल्लो वर्षको फ्रेन्च ओपन र युएस ओपन विजेता खेलाडीसमेत हुन्। महिलातर्फको सेमिफाइनलमा अब पाओलिनीको भेट खाजकस्तानसँग हुनेछ। युनाइटेड कपमा आज सेमिफाइनलका खेलहरु हुनेछन्।



Enter Kantipur TV HD
Advertisement