अदालतको आदेश पालना गर्न नेपाल ओलम्पिक कमिटीलाई राखेपको निर्देशन

पुस १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
अदालतको आदेश पालना गर्न नेपाल ओलम्पिक कमिटीलाई राखेपको निर्देशन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आज हुने भनिएको निर्वाचन नगराउन नेपाल ओलम्पिक कमिटीलाई निर्देशन दिएको छ ।

राखेपले पत्र पठाउदै कमिटीलाई सर्वोच्च अदालतले दिएको आदेश पालना गर्न निर्देशन दिएको हो । राखेपले उक्त पत्र युवा तथा खेलकुद मन्त्रालयलाई पनि बोधार्थ गरेको छ ।

कमल बहादुर चित्रकारले नेपाल ओलम्पिक कमिटीको निर्वाचन रोकिपाउँ भनी दायर गरेको रिटमा बिहिबार न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै निर्वाचन गर्न रोक लगाएको थियो ।

अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्र श्रेष्ठ र उपाध्यक्ष तेजबहादुर गुरुङले उम्मेदवारी दिएका छन् । सुरुवातदेखि नै ओलम्पिक कमिटीको निर्वाचन प्रक्रिया विवादित बन्दै आइरहेको छ । अध्यक्षबाहेक सबै पदमा सर्वसम्मत भइसकेको छ । चतुरानन्द बैद्य पनि सर्वसम्मत उपाध्यक्ष चयन भइसकेका छन् ।

सुरुवातदेखि नै ओलम्पिक कमिटीको निर्वाचन प्रक्रिया विवादित बन्दै आइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement