नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ तेस्रो कार्यकालका लागि निर्वाचित

पुस १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ तेस्रो कार्यकालका लागि निर्वाचित

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर निर्वाचन नगर्न आदेश दिए पनि अनलाइनमार्फत गरिएको चुनावमा श्रेष्ठ अध्यक्ष बनेका हुन् । ओलम्पिकमा कुल २७ सदस्य हुन्छन्, जसमा जीवनरामले २० मत पाए । अध्यक्षमा निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले पनि उम्मेदवारी दर्ता गराएका थिए । तर उनीहरुले भोट पाएनन् ।

निलेन्द्रसहित ७ जनाले भने निर्वाचन प्रक्रियामा आपत्ति जनाउँदै चुनाव बहिस्कार गरेका छन् । यो चुनाव नगराउनु भनि दुई दिन अघि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । यसअघि पनि पाटन उच्च अदालतले साधारण सभा र विधान संसोधन रोक्न आदेश दिएको थियो ।

त्यसपछि राष्ट्रिय खेलकुद परिषद्ले, नेपाल ओलिम्पक कमिटीको निर्वाचनमा भाग नलिन खेल संघहरुलाई निर्देशन दिएको थियो । राखेपले, सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशको पालना गर्न खेल संघहरुलाई पत्र पठाएको थियो । तर २० खेल स‌ंघ सहभागी बनेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement