जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

पुस ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स पहिलो संस्करणको नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । टीयू क्रिकेट मैदानमा आज भएको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराएउँदै पहिलो संस्करणको फाइनलमा पुगेको हो । फाइनल प्रवेशको लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई एक सय ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । रोयल्सले १८ ‌ओभर तीन बलमा सो लक्ष्य पूरा गर्‍यो ।

कमजोर सुरुआत गरेका जनकपुरको लागि जिम्मी निसमले ४५ रनको योगदान गरेका थिए । टीयू क्रिकेट मैदानमा टस जितेको जनकपुरले पहिले ब्याटिङ रोजेको थियो । ओपनर लाहिरु मिलान्था १२ रन बनाएर आउट भएपछि जनकपुरले सानदार सुरुआत गर्न सकेन । उनलाई दीपेन्द्रसिंह ऐरीले पवेलियन फर्काएका थिए ।

त्यसैगरी ११ रन बनाएको अवस्थामा आशिफ शेखलाई सेफ जैबले आउट गराएका हुन् । शुभ कंसाकार २६ रनमा आउट भए भने अलराउन्डर हर्ष ठाकरले पनि १२ रन मात्र बनाउन सके । चार विकेट गुमाउँदा जनकपुरले ७५ रन बनाएको थियो ।

अरनिको यादव ११ रन बनाएर आउट भए । उनलाई दीपन्द्रले एलबीडब्लू धरापमा पारेका हुन् । छैटौं नम्बरमा मैदान प्रवेश गरेका निसमले तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन बनाएका थिए । 

उनले नै टिमको स्कोर उकासेका हुन् । उनलाई कुगेलाइनले बोल्ड गरे । सुदूरपश्चिमको लागि दीपेन्द्रले तीन विकेट लिए भने जैबले दुई विकेट आफ्नो नाममा गरे । इशान पाण्डेको नाममा पनि एक विकेट रह्यो । 

जवाफमा सुदूरपश्चिमले बिनादबाब खेल्न सक्यो । उसका लागि विनोद भण्डारीले अर्धशतक बनाए । उनले ४० बलमा अर्धशतक बनाएका हुन् । ओपनर सेफ जैब २१ बलमा ३२ रन बनाएर आउट हुँदा सुदूरपश्चिमले खेलमा माइलेज पाइसकेको थियो । 

पहिले विकेट गुमाउँदा सुदूरपश्चिमको खातामा ५६ रन थियो । मकमलेनले पनि २५ रनको योगदान गरे, उनी ललितको बलमा आउट भएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement