काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभर पाँच बलमा सबै विकेट गुमाएर ११७ रन बनाएको हो ।
विराटनगरका लागि दीपक बोहोराले सर्वाधिक २० रन बनाए । स्कट एडवर्ड्सले १५, बसिर अहमदले १३ तथा निकोलस क्रिटनले १२ रन बनाए । राजेश पुलामीले २५ रन बनाए ।
बलिङतर्फ काठमान्डुका जेरार्ड एरास्मसले तीन विकेट लिए । यस्तै दीपेश कँडेलले दुई तथा करण केसी, शाहब आलम र ड्यान डथवेटले समान एक विकेट लिए ।
दुवै टिमका लागि यो लिग चरणको अन्तिम खेल हो । विराटनगर प्रतियोगिताबाट बाहिरिइसकेको छ भने काठमान्डुको प्लेअफ सम्भावना जीवितै राख्न उसलाई यो खेल जित्नै पर्ने दबाब छ । विराटनगर विरुद्ध जित हात पारे पनि प्लेअफ पुग्न उसले अन्य टिमको नतिजामा समेत भर पर्नु पर्नेछ ।
यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको विराटनगरका लागि यो खेल प्रतिष्ठाको लडाइँ हो । सान्त्वना जित सहित लिग समाप्त गर्ने विराटनगरको लक्ष्य हुनेछ ।
जारी एनपीएलमा काठमान्डुले ६ खेलमा ३ जित र ३ हार सहित ६ अंक जोडेको छ । ऊ तालिकाको पाँचौं स्थानमा छ । समान खेललमा ४ अंक जोडेको विराटनगर छैटौं स्थानमा छ ।