काठमाडौं । नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघ केन्द्रीय समितिको २३ औं वार्षिक साधारण सभाबाट बैंकका पूर्व कार्यकारी निर्देशक अश्विनीकुमार ठाकुर अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन हुनु भएको छ ।
पूर्व कर्मचारी संघको उपाध्यक्षमा भोलानाथ प्रेमी उपाध्याय र सदस्यमा नवराज फुयाँल, शिवकृष्ण महर्जन, कमलप्रसाद ज्ञवाली, दीपकबहादुर खड्का, बसन्ती श्रेष्ठ, टीकाप्रसाद उपाध्याय, गौरीशंकर श्रेष्ठ, प्रमोदप्रसाद नेपाल, कृष्णहरि पुडासैनी र बाबुराम आचार्य सर्वसहमतिमा चयन हुनु भएको छ ।
यो कार्यसमितिको कार्यकाल आगामी तीन वर्षको लागि हुनेछ ।