शिखर धवन १४ रनमा आउट

मंसिर १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
शिखर धवन १४ रनमा आउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ । टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले आफ्नो दुवै ओपनर गुमाएको छ ।

चर्चित भारतीय खेलाडी शिखर धवन १४ रन बनाएर आउट भए । १४ बलको सामना गरेका धवनले तीन चौका प्रहार गरे । धवनलाई हर्ष थाकरले आउट गरेका हुन् ।

यस्तै, कर्णालीका अर्का ओपनर देव खनाल एक रन बनाएर आउट भए । उनलाई ललित राजवंशीले आउट गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.