काठमाडौं । कर्णाली याक्स्ले जनकपुर बोल्ट्सलाई १ सय ४२ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा कर्णालीले १ सय ४१ रन बनाएको हो ।
कर्णालीका लागि गुल्सन झाले सर्वाधिक ३६ रन बनाए । अर्जुन घर्तीले ३३ र सोमपाल कामीले २९ रन बनाए । कर्णालीले भित्र्याएका चर्चित भारतीय खेलाडी शिखर धवनले १४ रन बनाए ।