एनपीएलको उद्घाटन खेलमा विराटनगरविरुद्ध जनकपुर ८ विकेटले विजयी

मंसिर १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनपीएलको उद्घाटन खेलमा विराटनगरविरुद्ध जनकपुर ८ विकेटले विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । 

त्रिवि क्रिकेट मैदानमा आज सुरु भएको लिगमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले हराएको हो । जनकपुरका लागि लाहिरु मिलान्था र हर्ष थाकरले १ सय १६ रनको साझेदारी गरे ।

जनकपुर बोल्ट्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि विराटनगर किंग्सले पहिले ब्याटिङको अवसर पाएको थियो। विराटनगरले ठूलो स्कोर बनाउन गर्न सकेन्। मार्टिन गप्टिलले अर्धशतक बनाएको भए पनि बाँकी खेलाडीले उनलाई साथ दिन नसकेपछि विराटनगरले त्रिविको नयाँ पिचमा ब्याटबाट जादु देखाउन सकेन ।

ओपनर लोकेश बम दोस्रो ओभरमा ५ रन बनाएर आउट भए । पावर प्लेमा नै लेग स्पिनरलाई मैदानमा पठाएको जनकपुरका लागि ललित राजवंशीले पहिलो विकेट लिए । तेस्रो नम्बरका ओमानी खेलाडी अकिब इलियासलाई मोहम्मद होसेनले एलबीडब्ल्यू धरापमा पारे । उनले १८ बलमा १५ रन जोडे । 

चौथो नम्बरका निकोलस किरटोनलाई हर्ष थाकरले पवेलियनको बाटो देखाइदिएका थिए । त्यसपछि धमाधम विकेट पटनको शिलसिला अघि बढ्यो । लिगमा पहिलो अर्धशतक बनाएमा मार्टिन गप्टिल ४३ बलमा ५५ रन बनाएर आउट भए । 

त्यसैगरी, बासिर अहमद ७, राजेश पुलामी मगर एक, प्रतिस जिसी २ र सन्दीप लामिछाने ७ रन बनाएर आउट भएका थिए । जनकपुरका बलर हावी हुँदा खेल ठूलो स्कोरमा पुग्न सकेन ।

जनकपुरका लागि ललितले चार ओभर बलिङ गरेर २८ रन खर्च गर्दै तीन विकेट लिए भने किशोर र हर्षले पनि दुई-दुई विकेट लिए । बेन माइक र मोहम्मद हासेनको नाममा पनि एक-एक विकेट रह्यो। पहिलो इनिङभरी नै बलर हाभी भएका थिए।

जवाफमा पहिलो बलमै मिसफिल्ड गरेको विराटनगरका बलरले सम्हालिएर प्रदर्शन गर्न सकेनन् । जनकपुरले १५ ओभर तीन बलमा नै एक सय २८ रनको लक्ष्य १ सय ३१ रन बनाएर पूरा गर्यो । सानो स्कोरलाई रोक्ने क्रममा ओपनर आसिफ शेख शून्यमा आउट भए । उनलाई क्रिस सोलले चौथो बलमा बोल्ड गरे । कप्तान अनिल शाहले ४ बलमा ५ रन बनाए । उनलाई प्रतिस जिसीले आउट गराए । 

तर त्यसपछि विराटनगरका जितेन्द्र मुखिया, अकिब, सन्दीप, निकोलस र अनिल खरेल कसैले विकेट लिन सकेनन् । त्यसको फाइदा उठाउँदै लाहिरुले अविजित ७५ रन बनाए भने हर्षले पनि २९ रनको योगदान गरे । लाहिरुले ५३ बलमा ९ चौका र ३ छक्काको साथमा ७५ रन बनाएका हुन् । 

विराटनगरका निकोलस, अनिल र सन्दीप निकै महँगा सावित भए । आजको जितसँगै जनकपुरले लिग चरणको पहिलो खेलमा दुई अंक जोडेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement