काठमाडौं । साउदी प्रो लिगमा अल हिलालको ४६ खेलदेखिको अपराजित यात्रामा पूर्णबिराम लागेको छ । अल खालिजले साविक विजेतामाथि तीन-दुई गोलको पुनरागमन जित हात पारेको हो ।
प्रिन्स मोहम्मद बिन फाहद रंगशालामा हिलालले घरेलु टोलीविरुद्ध लिएको दुई-शून्यको अग्रता जोगाउन सकेन् । ब्राजिलियन फरवार्ड मार्कस लियोनार्दोले १२औं मिनेटमा गोल गरेका थिए ।
३७औं मिनेटमा सर्वियाका अलेक्जान्दर मिट्रोभिचले गोल गरेपछि पहिलो हाफमा हिलाल दुई-शून्य गोलले अघि रहने संकेत गरेको थियो । तर, खालिजले उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल फर्कायो । ४५औं मिनेटमा अब्दुल्ला अल सलिमले खालिजलाई खेलमा फर्काएका हुन् ।
खालिज पेनाल्टीमा चुकेका थियो । तर सलिमले रिबाउन्डमा गोल गरे । ४७औं मिनेटमा उनैले फेरी गोल गेरपछि खेल दुई-दुईको रोमाञ्चक बराबरीमा पुगेको थियो । ८५औं मिनेटमा फाबियो मार्टिन्सले गोल गरेपछि खालिजले तीन अंक जोड्यो ।
सन् २०२३ मे यता हिलालले बेहोरेको यो पहिलो हार हो । गत सिजन हिलालले अपराजित रहँदै लिग उपाधि जितेको थियो । हारका बाबजुद पनि हिलाल एघार खेलबाट २८ अंकसहित तालिकाको शीर्ष स्थानमा यथावत छ । दोस्रो स्थानमा रहेको अल इत्तिहादको २७ अंक छ ।