काठमाडौं । चेल्सी, रियाल मड्रिड र लियोन यूएफा महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ । स्टामर्फड ब्रिजमा गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्कटलयान्डको सेल्टिकमाथि तीन-शून्य गोलको जित हात पारेको हो । लन्डनमा चेल्सीले खेल सुरु भएको दोस्रो मिनेटमानै लुसी ब्रन्जको गोलमार्फत अग्रता लिएको थियो ।
कर्नरबाट आएको बलमा उनले उत्कृष्ट भली प्रहार गरेकी थिइन् । २५ औं मिनेटमा विक कप्टाइनले टिमको अग्रता दोब्बर बनाएकी थिइन् । युवा खेलाडीको बाहुल्यता रहेको सेल्टिकले दोस्रो हाफमा पनि पुनरागमन गर्न सकेन् । इन्जुरी समयमा इभ पेरिसेटले गोल गरेपछि चेल्सीले दुई खेल अगावै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
समूह बीको शीर्ष स्थानमा रहेको चेल्सीको चार खेलबाट १२ अंक छ । सेल्टिकले भने अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन् । उसको क्वार्टरफाइनल पुग्ने संभावना पनि समाप्त भएको छ । यसै समूहमा रहेको रियालले, डच क्लब ट्वेन्टेलाई तीन-शून्य गोलले पराजित गरेको हो । रियाल एक-शून्य गोलले पछि परेको स्थितिबाट खेलमा फर्किएको थियो ।
२९ औं मिनेटमा घरेलु टोलीका लागि जेमी रेभन्सबर्गन ले गोल गरेकी थिइन् । तर पहिलो हाफको इन्जुरी समयमा नै रियालकी लिन्डा काइसेडोले बराबरी गोल फर्काइन् । ७१ औं मिनेटमा सिग्ने ब्रुन र इन्जुरी समयको चौथो मिनेटमा सब्सिच्युट आल्बा रेडोन्डोले गोल गरेका थिए ।
ट्वेन्टेका लागि सोफी एन्ना मारियाले खेल सकिनै लाग्दा गोल गरेपनि जितका लागि पर्याप्त भएन । दोस्रो स्थानमा रहेको रियालको चार खेलबाट नौ अंक छ । यस्तै लियोनले रोमालाई चार एक गोलले हराएको हो ।