यूएफा नेसन्स लिग : क्रोएसियाविरुद्ध पोर्चुगल आफ्ना महत्वपूर्ण खलाडीबिनै मैदान उत्रिँदै

मंसिर ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
यूएफा नेसन्स लिग : क्रोएसियाविरुद्ध पोर्चुगल आफ्ना महत्वपूर्ण खलाडीबिनै मैदान उत्रिँदै

काठमाडौं । यूएफा नेसन्स लिगअन्तर्गत आज रातिको खेलमा पोर्चुगल आफ्ना महत्वपूर्ण खलाडीबिनै मैदान उत्रने भएको छ । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले क्रिस्टियानो रोनाल्डोसहित चार मुख्य खेलाडीलाई बिदा दिएका छन् ।

सन् २०१८ को फिफा विश्वकपको फाइनल खेलेको र कतार विश्वकपमा ब्राजिलजस्तो बलियो टोलीलाई हराएको क्रोएसिया पछिल्लो दशकमा युरोपको निकै उत्कृष्ट टिम रहेको छ । तर नेसन्स लिगअन्तर्गत खेलअघि पोर्चुगलले क्रोएसियाको दक्षिण तटीय क्षेत्रमा अभ्यास सम्पन्न गरेको थियो । समूह विजेता बनिसकेको पोर्चुगल अन्तिम खेलमा पनि जित दर्ता गर्न चाहन्छ ।

टिममा रोनाल्डोसहित पेड्रो नाचो, बर्नान्डो सिल्वा, ब्रुना फरनान्डेसलाई मार्टिनेजले टिमबाट रिलिज गरिएको छ । स्टार खेलाडी नभए पनि डिफेन्डर जोवा क्यान्सेलोले टिमले उत्तिकै राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । यता क्रोएसियाले पनि खेललाई सामान्य रुपमा लिएको छैन ।

समूह ए को दोस्रो स्थानमा रहेको क्रोएसियाको ७ अंक छ । ऊ शीर्षस्थानको पोर्चुगलभन्दा ६ अंकले पछि छ । उसलाई क्वाटरफाइनलमा पुग्नको लागि एक अंक नै पर्याप्त हुने भए पनि एक अंकको लागि मात्र नभएर जितको लागि खेल्ने बताएका छन्।

यही समूहमा पोल्यान्ड र स्कटल्यान्डको खेल पनि आजै हुनेछ । नेसन्स लिगमा आज विभिन्न समूहका नौ खेल हुनेछन् । यी सबै खेल राति साढे १ बजे सुरु हुनेछन्। फिफा फेयर प्ले नियमको कारण सबै खेल एकै समयमा हुनेछन् । आज राति नै समूहको अन्तिम खेलमा स्पेनले स्विट्जरल्यान्डसँग खेल्ने तालिका छ । डेनमार्कले सर्बियासँग खेल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.