इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको अन्तिम टी-२० आई वर्षाका कारण रद्द

मंसिर ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको अन्तिम टी-२० आई वर्षाका कारण रद्द

 काठमाडौं । इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको पाँचौ तथा अन्तिम टी-२० आई वर्षाका कारण वास्ड आउट भएको छ ।

सेन्ट लुसियामा आज बिहान भारी वर्षा भएपछि खेल रद्ध भएको हो । डरेन सामी नेसनल क्रिकेट स्टेडियममा पाहुना टोली इंग्ल्यान्डले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो ।

पाँच ओभरमा बिना क्षति वेस्ट इन्डिजले ४४ रन बनाएको अवस्थामा खेल रोकिएको हो । इभिन लेविसले २९ र साइ होपले १४ रन जोडेका थिए । सिरिज इंग्ल्यान्डले तीन-एकले जितेको छ । यसअघि उसले तीन खेलको ओडिआई सिरिज गुमाएको थियो । इंग्ल्यान्डका ओपनर फिल सट सिरिजको उच्च रनकर्ता बने ।

उनले चार इनिङ्समा १ सय ६२ रन जोडे । सटले पहिलो खेलमा अविजित १ सय ३ रन बनाएका थिए । दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजका कप्तान रोभमन पवेलले १ सय ५३ रन जोडे । इंग्ल्यान्डका सिमर सकिब मोहम्मदले चार खेलमा नौ विकेट लिए ।

फाइनल खेलमा आराम पाएका सकिव नौ विकेटका साथ प्लेयर अफ द सिरिज घोषित भए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.