बोस्निया एन्ड हर्जगोभिनामाथि जर्मनीको कीर्तिमानी जित

मंसिर २, २०८१ |कान्तिपुर टीभी संवाददाता
बोस्निया एन्ड हर्जगोभिनामाथि जर्मनीको कीर्तिमानी जित

काठमाडौं । यूएफा नेसन्स लिगमा जर्मनीले बोस्निया एन्ड हर्जगोभिनामाथि ७-० गोलको कीर्तिमानी जित हात पारेको छ ।

पुरुष नेसन्स लिगको ६ वर्षको इतिहासमा जर्मनी ७ गोल गर्ने पहिलो राष्ट्र हो । घरेलु मैदानमा भएको खेलमा दोस्रो मिनेटमा नै जमाल मुसियालाले हेडर गोल गर्दै खाता खोलेका थिए ।

उनलाई जोसुवा किमिखले क्रस दिएका हुन् । २३औं मिनेटमा टिम क्लाइन्डिस्टले अग्रता दोब्बर बनाए । एकपक्षीय बनेको खेलको ३७औं मिनेटमा काई हाभर्टसले तेस्रो गोल थपे । आक्रमक जर्मनीले दोस्रो हाफमा चार गोल थप्यो । ५०औं मिनेटमा फ्लोरियन रिट्जले बोस्नियासँगको दूरी ४-० ले बढाए । ५७औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरे । ६६औं मिनेटमा सब्सिच्यूट लियोरी सानेले गोल गरे । ७९ औं मिनेटमा क्लाइन्डिस्टको गोलसँगै जर्मनीले ७-० को फराकिलो अन्तरको जित हात पारेको हो ।

यो खेलअघिनै जर्मनीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरिसकेको थियो । नतिजापछि पाँच खेलमा १३ अंक जोड्दै जर्मनी समूह विजेता बन्यो । नेसन्स लिगका सुरुवाती पाँच खेलमा जर्मनीले कुल १७ गोल गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.