रवि लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न रास्वपाको माग

मंसिर २, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न माग गरेको छ ।

पार्टी कार्यालय वनस्थलीमा आज पत्रकार सम्मेलनमा दोस्रो चरणको आन्दोलनबारे जानकारी दिँदै रास्वपा नेताहरूले सभापति लामिछानेलाई सरकारले प्रतिशोध साँधेको भन्दै बाहिरै राखेर अनुसन्धान गर्न माग गरेको हो । उसले राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने, सहकारी पीडितलाई न्याय दिनुपर्ने तथा उच्च ओहोदामा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग सहित आन्दोलनमा जान लागेको रास्वपाले जनाएको छ । यस्तै यिनै विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउन खोज्दा उहाँले समय नै नदिएको समेत रास्वपाको गुनासो छ । 

रास्वापाले सहकारीमा रहेको रकम सबै सर्वसाधारणको मात्रै नभएर राजनीतिक नेतृत्वले भ्रष्ट्राचार गरेर जम्मा गरेको आरोप पनि लगाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.