काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज क्लब ‘काठमाडौं गुर्खाज’ले आज प्रतियोगिताको जर्सी र टाइटल स्पोन्सर सार्वजनिक गरेको छ ।
क्लबले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर यो वर्षको लागि क्रिकेट एम्बासडरमा राष्ट्रिय महिला क्रिकेटकी कप्तान इन्दु बर्मासँग सम्झौता गरेको छ ।
काठमाडौं गुर्खाजले इन्दुलाई एक वर्षका लागि क्रिकेट एम्बासडर बनाएको जानकारी दिएको हो । एम्बासडर इन्दुसँगै क्लबको मालिक शृंखला खतिवडा र मार्की खेलाडी करण केसीले आजै जर्सी सार्वजनिक गर्नु भयो । आजै, काठमाडौं गुर्खाजले चिनियाँ इलेक्ट्रिक कार बीवाईडीलाई टाइटल स्पोन्सर घोषणा गरेको छ ।