बागमती ई-स्पोर्ट्स च्याम्पियनसिप भरतपुरमा हुने

आश्विन १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
बागमती ई-स्पोर्ट्स च्याम्पियनसिप भरतपुरमा हुने

काठमाडौं । बागमती ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप चितवनको भरतपुरमा आयोजना हुने भएको छ । ई-स्पोर्ट्स संघ नेपाल (ईशान)को वार्षिक क्यालेन्डर अनुसार बागमती च्याम्पियनसिप कार्तिक ९ र १० गते भरतपुरमा सञ्चालन गर्ने निर्णय भएको हो ।

बागमती च्याम्पियनसिपमा पब्जी मोबाइल, मोबाइल लिजेन्डस्, अनर अफ किंंग्स र ई-फुटबल गरी चार खेललाई समावेश गरिएको छ । खेलाडी दर्ता मंगलबारबाट सुरु भएको आयोजक संस्था ई-स्पोर्ट्स संघ नेपालले जनाएको छ ।

प्रतियोगितामा नेपालभरबाट खेलाडी र टिमले सहभागी हुन पाउने ईशानका सचिव आशिष दाहालले जानकारी दिए । दसैँ लगत्तै छनोट खेल र कार्तिक ९ र १० मा ल्यान ईभेन्ट सञ्चालन गर्ने तालिका रहेको दाहालले बताए ।

प्रतियोगिताका च्याम्पियन टिम र खेलाडीले ईशानको राष्ट्रिय च्याम्पियनसिपको फाइनल चरणमा स्थान बनाउने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement