एकदिवसीय अन्तिर्राष्ट्रिय सिरिजमा इंग्ल्यान्डमाथि अस्ट्रेलियाको जित

आश्विन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
एकदिवसीय अन्तिर्राष्ट्रिय सिरिजमा इंग्ल्यान्डमाथि अस्ट्रेलियाको जित

काठमाडौं । इंग्ल्यान्डविरुद्धको ५ खेलको एकदिवसीय अन्तिर्राष्ट्रिय सिरिज अस्ट्रेलियाले जितेको छ ।

अस्ट्रेलियाले इंग्ल्यान्डलाई उसकै घरेलु मैदानमा ३-२ ले पराजित गरेको हो । सिरिजका सुरुवाती २ खेल जितेको अस्ट्रेलियाविरुद्ध घरेलु टोलीले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो र चौथो खेल जितेपनि अन्तिम तथा निर्णायक खेलमा वर्षा बाधक हुँदा हारको सानमा गर्नु पर्यो । पाँचौं ओडीआईमा अस्ट्रेलियाले इंग्ल्यानलाई डिएलएस पद्धतिमा ४९ रनले हराएको हो ।

काउन्टी ग्राउन्ड, बि्रस्टलमा अस्ट्रेलियाले टस जितर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको इङ्ल्यान्डले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर ३ सय ९ रन बनाएको थियो । उसका ओपनर बेन डकेटले १ सय ७ रनको शतकीय इनिङ खेले । कप्तान हृयारि ब्रुकले ७२ रन बनाए । अस्ट्रेलियाका ट्राभिस हेडले ४ विकेट लिए ।

जवाफमा ३ सय १० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ब्याटिङ गर्ने क्रममा भारी वर्षा भयो । २० ओभर ४ बलमा २ विकेट गुमाएर १ सय ६५ रन बनाउादा भारी वर्षाका कारण खेल रोकिएको थियो । वर्षा नरोकिएपछि अस्ट्रेलिया डिएलएस पद्दतीमा विजयी भयो । खेल रोकिनु अघि ओपनर म्याथ्यु शर्टले ५८ तथा अर्का ओपनर ट्राभिस हेडले ३१ रन जोडेका थिए । स्टिभ स्मिथ ३६ तथा जोस इङ्ग्लिस २८ रनमा नट आउट थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement