काठमाडौं । युएफा नेशन्स लिगमा नेदरल्यान्डस र जर्मनीले २-२ गोलको बराबरी खेलेका छन् । डच डिफेन्डर नाथन आके चोटग्रस्त बन्दै मैदान बाहिरिएको खेलमा जर्मनी सुरुवातमै पछि परेको थियो ।
आम्सटाडाममा खेल सुरु भएको एक सय सेकेन्डमा नै घरेलु टोलीले गोल गरेको हो । टिजानी राइन्डर्सले गोल गरेपछि जर्मनी पछि परेको थियो । तर पाहुना टोलीले पहिलो हाफमा नै पुनरागमन गर्यो ।
३८औं मिनेटमा डेनिस उन्दाभले बराबरी गोल फर्काएका थिए । पहिलो पटक जर्मनीको सुरुवाती एघारमा परेका उन्दाभको राष्ट्रिय टिमबाट पनि यो पहिलो गोल हो । इन्जुरी समयमा कप्तान जुसुबा किमिखले गोल गरेपछि जर्मनीले खेलमा २-१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा म्यानचेस्टर सिटीका आके चोटका कारण मैदान बाहिरिए । ५० औं मिनेटमा डेन्जाल डमफ्रिजले गोल गर्दै नेदरल्यान्डसको हार टारे ।
डाविडले जर्मनीलाइ जित दिलाउने सुनौलो मौका पाएका थिए । काइ हाभर्टसको क्रसमा उनको प्रहार बार माथि बाट बाहिरिएको थियो । शीर्ष स्थानमा रहेको जर्मनीको दुई खेलबाट चार अंक छ ।
समान खेलबाट समान अंक सहित नेदरल्यान्डस दोस्रो स्थानमा छ । यसै समुहमा रहेका बोस्निया एन्ड हर्जगोभिना र हंगेरीबीचको खेल गोल रहित बराबरीमा सकिएको थियो ।