युएफा नेशन्स लिगमा इंग्ल्यान्डको लगातार दोस्रो जित

भाद्र २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
युएफा नेशन्स लिगमा इंग्ल्यान्डको लगातार दोस्रो जित

काठमाडौं । युएफा नेशन्स लिगमा इंग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ । गएराति भएको खेलमा घरेलु टोलीले फिनल्यान्डलाई २-१ गोलले पराजित गरेको हो । राष्ट्रिय टिमबाट १०० औं खेल पुरा गरेका कप्तान हेरी केनले दुई गोल गरे ।

वेम्बली स्टेडियममा, खेल सुरु हुनु अघि ३१ वर्षिय बार्यन म्युनिख फरवार्ड केनले गोल्डेन क्याप प्राप्त गरेका थिए । उनले सिनियर टिमबाट आफ्नो १००‍‌औं खेल खेल्दा गोल्डेन बुट लगाए ।

पहिलो हाफमा केन र फिनल्यान्ड गोलकिपर लुकास बीच रोमान्चक प्रतिस्पर्धा चल्यो । केनका केही उत्कृष्ट प्रहारलाइ लुकासले सफल हुन दिएनन् । पहिलो हाफमा केनले गरेको हेडर गोल पनि अफसाइड भएको थियो । अन्ततः इंग्ल्यान्डले ५७औं मिनेटमा डेडलक तोड्यो । ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको चलाखीपुर्ण पासमा केनले गोल गरेका हुन् ।

७६ औं मिनेटमा केनले पुन गोल गर्दै १००‍‍औं खेललाई विषेश बनाए । उनले राष्ट्रिय टिमबाट एक सय क्याप जित्दै ६८ गोल गरेका छन् । सन २०१४ मा वाइन रुनी पछि इङल्यान्डबाट १००औं खेल खेल्ने केन पहिलो खेलाडी हुन् । ८०औं मिनेटमा उनी सब्सिच्युट हुदा समर्थकले स्ट्यान्डिङ ओभियसन दिएका थिए ।

ग्रुप टु मा रहेको इंग्ल्यान्ड दुई खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको ग्रिसको पनि ६ अंकनै छ । गएराति नै भएको खेलमा ग्रिसले आयरल्यान्डलाई २-० गोलले पराजित गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement