फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनामाथि कोलम्बियाको जित

भाद्र २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनामाथि कोलम्बियाको जित

काठमाडौं । फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले साविक विजेता अर्जेन्टिनालाई २-१ गोलले पराजित गरेको छ । कालम्बियाले कोपा अमेरिकामा बेहोरेको हारको बदला पनि लियो ।

आज बिहान भएको खेलमा नियमित कप्तान लियोनल मेसी विनाको अर्जेन्टिनाले २५ औं मिनेटमा गोल खाएको थियो । यर्सन मस्केराले घरेलु टोलीलाई अग्रता दिलाएका हुन् ।

पहिलो हाफमा पछि परेको अर्जेन्टिनाले ब्रेक लगत्तै खेल बराबरी गरेको थियो । कोलम्बिया कप्तान हामेज रोद्रिगेजको मिस पासमा निकोलस गोन्जालेसले विश्व च्याम्पियनलाई पुनरागमन गराएका हुन् । तर ६० औं मिनेटमा ड्यानियल मुनोजलाई फाउल गरेपछि भारको रिभ्यु पश्चात कोलम्बियाले पेनाल्टीको अवसर पायो ।

रोद्रिगेजले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएपछि कोलम्बियाले जारी छनौट खेलमा आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएको हो । कोलम्बिया आठ खेलबाट १६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । हारका बाबजुत अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा यथावत छ । उसको आठ खेलबाट १८ अंक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement