यानिक सिनरले जिते युएस ओपन टेनिसको उपाधी

भाद्र २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
यानिक सिनरले जिते युएस ओपन टेनिसको उपाधी

काठमाडौं । विश्व नम्बर एक यानिक सिनरले पहिलो पटक युएस ओपन टेनिसको उपाधी जितेका छन् ।

सिनरले , न्यु योर्कमा गएराती भएको फाइनलमा घरेलु खेलाडी टेलर फ्रिट्जसलाइ सोझो सेटमा पराजित गरेका हुन् । २३ वषिर्य सिनरले , २१ वषिर्य फ्रिट्ज विरुद्धको पहिलो सेट ६-३ ले जितेका थिए । उच्च र्फममा रहेका सिनरलाइ फ्रिट्जले बांकी सेटमा पनि बलियो चुनौती दिन सकेनन् । दोस्रो सेट ६-४ ले आफ्नो पक्षमा पारेपछि सिनर उपाधी नजिक पुगेका थिए ।

तेस्रो सेट केही प्रतिस्पर्धात्मक बनेको थियो । तर सिनर ७-५ को जीतका साथ युएस ओपनको नया च्याम्पियन बने । दुइ घन्टा १६ मिनेट कोर्टमा खर्चिएका सिनर युएस ओपन जित्ने पहिलो इटालियन पुरुष खेलाडी हुन् । उनको वर्षको यो दोस्रो ग्रान्डस्लाम उपाधी हो । सिनरले गत जनवरीमा अस्ट्रेलियन ओपन जितेका थिए ।

वर्षका चार ग्रान्डस्लाम मध्ये विम्बल्डन र फ्रेन्च ओपन स्पेनका कार्लोस अल्काराजको नाममा रह्यो । सन १९९३ यता चार ग्रान्डस्लाम २३ वर्ष भन्दा कम उमेरका खेलाडीले बांडेको यो पहिलो पटक हो । सिनरले नया पुस्ताका खेलाडी च्याम्पियन बन्नु टेनिसका लागि सुखद रहेको प्रतिृकया दिए । फ्रिट्ज भने २१ वर्षपछि ग्रान्डस्लाम जित्ने पहिलो अमेरिकन पुरुष खेलाडी बन्न बाट चुके ।

२००३ मा एन्डी रोडिक पछि कुनैपनि घरेलु खेलाडी पहिलो हुन सकेका छैनन् । फ्रिट्जले उपाधी खडेरी तोड्न नसकेकोमा समर्थक संग माफी मागेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement