स्टार टेनिस खेलाडी जोकोभिच यूएस ओपन ग्रान्ड स्ल्याम टेनिसको तेस्रो चरणबाटै बहिरिए

भाद्र १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्टार टेनिस खेलाडी जोकोभिच यूएस ओपन ग्रान्ड स्ल्याम टेनिसको तेस्रो चरणबाटै बहिरिए

काठमाडौं । पेरिस ओलम्पिक्स २०२४ का स्वर्ण पदक विजेता स्टार टेनिस खेलाडी नोभाक जोकोभिच यूएस ओपन ग्रान्ड स्ल्याम टेनिस प्रतियोगिताको तेस्रो चरणबाटै बहिरिएका छन् ।

जोकोभिच अस्ट्रेलियाका एलेक्सेई पोपिरिनसँग ४ सेटमा पराजित भएपछि तेस्रो चरणबाटै बाहिरिएका हुन् ।

कीर्तिमानी २५औं ग्राण्डस्लाम उपाधिको खोजीमा रहेका डिफेन्डिङ च्याम्पियन जोकोभिचले सुरुवाती २ सेट ४-६ र ४-६ ले गुमाएका थिए ।

तेसो सेटमा ६-२ को नतिजा हात पारे पनि चौथो सेटमा पोपिरिनविरुद्ध खास चुनौती प्रस्तुत् गर्न नसक्दा ३७ वर्षीय जोकोभिच ४-६ ले पछि पर्दै प्रतियोगिताबाट बाहिरिए । यस वर्ष पेरिसमा पहिलो पटक ओलम्पिक्स स्वर्ण जिते पनि जोकोविचले २०१७ पछि पहिलो पटक बिना कुनै मेजर उपाधि सिजन समाप्त गरे ।

कार्लोस अल्काराजपछि वर्षको अन्तिम ग्रान्ड स्लामबाट बाहिरिने जोकोभिच अर्का हाई प्रोफाइल खेलाडी हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.