कास्की । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि कास्की जिल्ला अदालत पुर्याइएको छ । पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेको आजदेखि बयान सुरू हुने भएकाले अदालत लगिएको हो ।
हिजो मात्रै रवि सहित ४४ जना विरुद्ध सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पुरक मुद्दा दर्ता भएको थियो । अभियोग दर्ता भएका प्रतिवादीहरूमध्ये कास्की प्रहरीको हिरासतमा रहेका रवि सहित गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल सहित थुनामा रहेका प्रतिवादीहरूको बयान आजदेखि सुरू हुन लागेको हो ।
रवि लामिछानेको बयान न्यायाधीश नितिज राईको इजलासमा परेको छ ।