ताप्लेजुङ । भक्तजनले चढाएको ५० क्विन्टलभन्दा बढी घण्टी थुप्रिएपछि ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभराको पैदलमार्गमा आकर्षक घण्टी गेट बनाइने भएको छ । यसअघि घण्टी बिक्री गर्ने तयारीमा रहे पनि चौतर्फी आलोचना भएपछि पाथीभरा क्षेत्र विकास समिति गेट बनाउने निष्कर्षमा पुगेको हो ।
दक्ष कालिगढ ल्याएर माथिल्लो फेदीदेखि मन्दिरसम्मै गेट बनाउने समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताउनुभयो । भक्तजनले देवी खुशी पार्न र आफ्नो भाकल पूरा गराउन घण्टी लिएर जाने प्रचलन रहेको छ ।