पेरिस ओलम्पिकमा चीनको पहिलो स्वर्ण

श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पेरिस ओलम्पिकमा चीनको पहिलो स्वर्ण

काठमाडौं । पेरिस ओलम्पिकमा चीनले पहिलो स्वर्ण पदक जितेको थियो । यसअघि पेरिस ओलम्पिकमा कजाकिस्तानले पहिलो पदक जितेको थियो ।

चीनले सुटिङ इभेन्टमा यो स्वर्ण जितेको हो । चिनियाँ जोडीले १० मिटर एयर राइफलको मिश्रित विधामा यो पदक जितेका हुन् ।

चीनका लिहाओ शेङ र युटिङ ह्वाङले १० मिटर एयर राइफलको मिश्रित विधामा कोरियाका जिह्योन केम र हाजुन पार्कलाई हराउँदै पेरिस २०२४ को पहिलो स्वर्ण पदक जितेका थिए ।

यसअघि कजाकिस्तानका सुटर इस्लाम सत्पायेभ र एलेक्जेन्ड्रा लेले यस ओलम्पिकमा पहिलो पदक जितेका थिए । यो जोडीले चाटोरोक्समा भएको १० मिटर एयर राइफल मिक्स टिम इभेन्टमा कास्य पदक जितेका थिए ।

कास्य पदकको खेलमा सतपायेभ र अलेक्जान्ड्रा लेले जर्मनीका म्याक्सिमिलियन उलब्रिचट र अन्ना जान्सेनलाई पराजित गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement