टेनिस खेलाडी होल्गर रुनले पेरिस ओलम्पिक-२०२४ गुमाउने

श्रावण १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
टेनिस खेलाडी होल्गर रुनले पेरिस ओलम्पिक-२०२४ गुमाउने

काठमाडौं । टेनिस खेलाडी होल्गर रुनले पेरिस ओलम्पिक २०२४ गुमाउने भएका छन् । रुनले नाडीको चोटका कारण ओलम्पिक गुमाउने भएका हुन् । विश्व वरियताको १६औँ स्थानमा रहेका २१ वर्षीया रुन ओलम्पिकमा डेब्यु गर्ने तयारीमा थिए ।

रुनले आफु ओलम्पिकमा डेब्यूका लागि उत्सुक रहे पनि चोटका कारण प्रतियोगिता गुमाउँनु परेकोमा दु:ख लागेको बताए । रुनले हालै जर्मनीको हमबर्ग ओपनमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको क्वार्टरफाइनल खेलका दौरान चोट लागेपछि उनले कोर्ट छोड्नु परेको थियो । फ्रान्सका आर्थर फिल्सविरुद्धको उक्त खेल ६-४, ४-१ को अवस्थामा थियो । पछि फिल्सले हमबर्ग ओपनको उपाधि जितेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement