लोरेन्जो मुसेट्टी क्रोएसिया ओपनको क्वाटरफाइनलमा

श्रावण १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
लोरेन्जो मुसेट्टी क्रोएसिया ओपनको क्वाटरफाइनलमा

काठमाडौं । लोरेन्जो मुसेट्टी क्रोएसिया ओपनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दोस्रो वरियताका मुसेट्टीले अर्जेन्टिनाका मार्को ट्रुङ्गेलिटीलाई सोझो सेटमा पराजित गरेका हुन् ।

उमागस्थित गोरान इभानिसेभिक स्टेडियममा २२ वर्षीय इटालियन खेलाडी मुसेट्टीले ट्रुङ्गेलिटीलाई ६-४ र ६-३ को सोझो सेटमा हराए । यससँगै मुसेट्टी एटीपी २५० क्ले कोर्ट इभेन्टको अन्तिम आठमा प्रवेश गरेका हुन् । अब उनले सेमिफाइनल प्रवेशका लागि सर्बियाका डुसान लाजोभिकसँग खेल्नेछन् ।

चौथो वरियताका फ्रान्सिस्को सेरुन्डोलोले मातेज डोडिगलाई ६-३, ६-४ ले पराजित गरे । यस्तै चेक गणतन्त्रका युवा खेलाडी जाकुब मेन्सिकले पाँचौं वरियताका लुसियानो डार्डेरीलाई ६-४, ६-३ ले पराजित गर्दै पहिलो पटक टुर लेभल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाउन सफल भए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement