एन्फा यू-१८ युथ लिगमा एनआरटीद्वारा एपीएफ एक शून्य गोलले पराजित

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा यू-१८ युथ लिगमा एनआरटीद्वारा एपीएफ एक शून्य गोलले पराजित

काठमाडौं । एन्फा अन्डर एटिन युथ लिगमा न्युरोड टिम एनआरटीले एपीएफ एफ सीलाई एक शून्य गोलले पराजित गरेको छ । एनआरटीको गोल भने विवादास्पद बनेको थियो ।

जारी लिगमा एनआरटीको यो तेस्रो जित हो । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा एपीएफले अन्तिम समय सम्म एनआरटीलाई गोलरहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफको इन्जुरी समयमा एनआरटीका लागि सन्तोष गांन्बाले गोल गरेका थिए । सो गोलमा एपीएफले आपत्ति जनाएको थियो ।

रेफ्रिको निर्णयमा चित्त नबुझेपछि विवादमा उत्रिएका एपीएफका प्रशिक्षक जिवेश पान्डेले रातो कार्ड पाए । जितपछि एनआरटीको चार खेलबाट नौ अंक भएको छ । शीर्ष स्थानको मनाङ मस्र्याङदीको पनि तीन खेलबाट नौ अंक नै छ । एपीएफको जारी लिगमा यो पहिलो हार हो । उसको चार खेलबाट सात अंक छ । आजै भएको अर्को खेलमा संकटा क्लबले थ्री स्टारसँग अंक खोसेको छ ।

एन्फा कम्प्लेक्समानै भएको खेलको पहिलो हाफमा गोल हुन सकेन् । ७८ औं मिनेटमा कृष्ण नेपालीले गोलकिपरको गल्तिको फाइदा उठाउदै गोल गरेपछि थ्री स्टार एक शून्यलेले अघि रहेको थियो । तर इन्जुरी समयमा संकटाका समीर नेपालीले बराबरी गोल फर्काएपछि थ्री स्टार अंक बाड्न बाध्य भयो । संकटाको चार खेलबाट दुई अंक छ । थ्री स्टारको चार खेलबाट ६ अंक भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement