क्यानेडियन ओलम्पिक कमिटीले न्युजिल्यान्डसँग माग्यो माफी

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
क्यानेडियन ओलम्पिक कमिटीले न्युजिल्यान्डसँग माग्यो माफी

काठमाडौं । क्यानेडियन ओलम्पिक कमिटीले आफ्नो महिला फुटबल टिम स्टाफले ड्रोन उडाएको विषयमा न्युजिल्यान्डसँग माफी मागेको छ ।

क्यानडाको राष्ट्रिय महिला फुटबल टिम स्टाफले न्युजिल्यान्डको महिला फुटबल टिमले अभ्यास गरिरहेका बेला ड्रोन उडाएर जासुसी गरेको भन्दै विवाद सुरु भएको थियो । गत सोमबार न्युजिल्यान्ड टिम अभ्यासमा थियो । सोही बेला ड्रोनले आफूलाई निगरानी गरेकोमा आपत्ति जनाउँदै न्युजिल्यान्ड टिमले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र प्रहरीमा उजुरी दिएको थियो ।

प्रहरीको अनुसन्धानबाट ड्रोन उडाउने व्यक्ति क्यानडा फुटबल टिमका कर्मचारी रहेको पत्ता लागेको हो । क्यानडाले जारी गरेको विज्ञप्तिमा ड्रोन उडाउने व्यक्ति फुटबल टिमको सपोर्ट स्टाफका रुपमा मान्यता नपाएको उल्लेख गरिएको छ ।

उनलाई प्रहरीले हिरासतमा लिइसकेको पनि जानकारी दिइएको छ । क्यानडाले फेयर प्लेमा विश्वास राख्ने र यो घटनाले दु:खी बनाएको विज्ञप्तिमा जनाएको छ । न्युजिल्यान्ड र क्यानडा एकै समूह एमा छन् । साविक विजेता क्यानडाले भोलि न्युजिल्यान्डसँग खेल्ने तालिका छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement