यूएफाले स्पेनिस फुटबलर मोराटा र रोड्रीलाई कारबाही गर्ने

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
यूएफाले स्पेनिस फुटबलर मोराटा र रोड्रीलाई कारबाही गर्ने

काठमाडौं । युरोपेली फुटबलको प्रसाशकीय निकाय यूएफाले स्पेनिस फुटबलर अल्भारो मोराटा र रोड्रीलाई कारबाही गर्ने भएको छ ।

उनीहरुलाई स्पेनले युरो २०२४ को उपाधि जितेपछि मड्रिडमा उत्सव मनाउने क्रममा जिब्राल्टर स्पेनिसको भूभाग भएको विवादास्पद नारा लगाएका थिए । जिब्राल्टरको फुटबल संघले यूएफामा गुनासो गरेपछि यो जोडीलाई कारबाही गरिने भएको हो ।

उत्सव मनाउने क्रममा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले स्टेजमा 'जिब्राल्टर स्पेनिस हो' भन्ने नारा लगाएका थिए । त्यसपछि मोराटाले समर्थकहरुलाई यही नारा दोहोर्‍याउन प्रोत्साहित गरेका थिए ।

यूएफाले उनीहरुविरुद्ध अनुसन्धान सुरु गरिएको र कस्तो कारबाही गर्ने चाँडै निष्कर्षमा पुग्ने बताएको छ । उनीहरुमाथि आचरणको आधारभूत नियमहरू उल्लङ्घन गरेको, गैर-खेलकुद प्रकृतिको अभिव्यक्ति दिन युरोकप प्रयोग गरेको, तथा फुटबल खेल र विशेष गरी यूएफालाई बदनाम गरेको आरोप लगाइएको छ ।

स्पेनले जुलाई १५ मा इङल्यान्डलाई २-१ ले पराजित गर्दै कीर्तिमानी चौथो पटक युरोकप जितेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement