लिभरपुलद्वारा इटालीको बोलोग्ना २-० गोलले पराजित

आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
लिभरपुलद्वारा इटालीको बोलोग्ना २-० गोलले पराजित

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा इंग्लिस टोली लिभरपुलले इटालीको बोलोग्नालाई पराजित गरेको छ ।

लिभरपुलले बोलोग्नालाई २-० गोलले पराजित गरेको हो । लिभरपुलका लागि खेलको ११ औं मिनेटमा एलेक्स म्याक एलिस्टरले पहिलो गोल गरे ।

मोहमद सलाहले ७५ औं मिनेटमा गोल गरेपछि लिभरपुल २-० ले विजयी भयो । यस जितसँगै लिभरपुल तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । सुरुवाती दुवै खेल जितेको लिभरपुलको ६ अंक छ ।

२ खेलमा १ अंक जोडेको बोलोग्ना २६ औं स्थानमा छ । अन्य खेलमा एस्टन भिलले, बायर्न म्युनिकविरुद्ध १-० को ऐतिहासिक जित हासिल गर्यो ।

बेनफिकाले पनि एटलेटिको म्याड्रिडलाइ ४-० ले स्तब्ध पार्दा युभेन्ट्सले लाइप जिगलाई ३-२ पराजित गर्यो । डायनामो जागरेभ र मोनाकोले २-२ को बराबरी खेले ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.