एभरेस्ट महिला भलिवल लिग : काठमाडौंले मधेसलाई हरायो, चार खेलमै मधेस जितविहीन

आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
एभरेस्ट महिला भलिवल लिग : काठमाडौंले मधेसलाई हरायो, चार खेलमै मधेस जितविहीन

काठमाडौं । एभरेस्ट महिला भलिवल लिगको आफ्नो चौथो खेलमा पनि मधेस युनाइटेड जीत विहिन भएको छ । आज भएको खेलमा काठमाडौं स्पाइकर्सले मधेसलाई ४ सेटमै हराएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा आज भएको खेलमा मधेसले पहिलो सेट जित्दै उत्कृष्ट सुरुवात गरे पनि त्यसलाई कायम राख्न सकेन । एकपक्षीय बनेको यो सेट मधेसले २५–१५ ले आफ्नो पक्षमा पारेको थियो । 

खराब प्रदर्शन गरिरहेको मधेसलाई कप्तान निरुता ठगुन्नाको चोटले थप चिन्तित बनाएको छ । निरुताबिना कोर्टमा उत्रिएको मधेसविरुद्ध दोस्रो सेटदेखि उषा भन्डारीको टोली काठमाडौंले उत्कृष्ट पुनरागमन गर्‍यो । दोस्रो सेट काठमाडौंले २५–२३ ले जितेको थियो । 

तेस्रो सेटमा कमजोर मधेसले १५–२५ ले खेल गुमाएपछि काठमाडौं जीततर्फ उन्मुख बनेको थियो । चौथो सेट २५–१८ ले काठमाडौंको नाममा रह्यो । काठमाडौंले लिगको आफ्नो पहिलो खेलमा हार बेहोरेको थियो । त्यसपछिका तीन खेलमा विजयी हुँदै काठमाडौंले लिगमा ९ अंक जोडेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.