त्रिकोणात्मक टि-२० आई सिरिजको उपाधीको घरेलु टोली क्यानडालाई

आश्विन १८, २०८१ |खेल ब्युरो
त्रिकोणात्मक टि-२० आई सिरिजको उपाधीको घरेलु टोली क्यानडालाई

काठमाडौं । नेपाल सम्मिलत त्रिकोणात्मक टि-२० आई सिरिजको उपाधीको घरेलु टोली क्यानडाले जितेको छ ।

गएराती भएको लिगको अन्तिम खेलमा क्यानडा, ओमानलाई ५ विकेटले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।

किङ सिटीमा क्यानडाले टस जितेर फिल्डिङ राजेको थियो । ओमान १९ ओभर चार वलमा ८२ रनमा अल आउट भयो । अखिल कुमार र प्रभिन कुमारले उत्कृष्ट बलिङ गरेपछि ओमानको ब्याटिङ धरासायी बन्यो ।

कप्तान आकिब इलियासले ३५ र सकिल अहमदले १८ रन बनाउनु बाहेक अरु कसैले पनि दोहोरो अंक छुन सकेनन् । चार खेलाडीले खाता खोल्न सकेनन् ।

अखिल र प्रभिनले तीन/तीन विकेट लिए । हर्ष ठाकरले दुई र साद बिन जफरले एक विकेट हात पारे । जवाफमा क्यानडाले ३५ वल बाँकी हुँदा पाँच विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो ।

हर्षले १८, नभनित धालिवालले ११, दिलप्रित बाजबाले १४ र कप्तान निकलस क्रितनले २० रनको योगदान गरे । कलिमुल्लाह र आकिबले दुई/दुई विकेट लिएपनि जीतका लागि पर्याप्त भएन् ।

क्यानडा चार खेलमा ६ अंक जोड्दै रहँदै विजेता बनेको हो । उसले नेपाललाई पहिलो खेलमा १४ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो ।

पहिलो खेलमा भने ओामान ८ विकेटले विजयी भएको थियो । नेपाल चार खेलबाट चार अंक सहित दोस्रो स्थानमा रह्यो । टि-२० आई सिरिज अघि भएको लिग टु मा पनि क्यानडाले चार खेलमा शत प्रतिशत नतिजा निकालेको थियो ।