आईसीसी महिला टी-ट्वेन्टी विश्वकप-२०२४ आजदेखि सुरु

आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी महिला टी-ट्वेन्टी विश्वकप-२०२४ आजदेखि सुरु

काठमाडौं । ९ औं संस्करणको आईसीसी महिला टी-२० विश्वकप २०२४ आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन दुई खेल हुने छन् ।

पहिलो खेल बंगलादेश र स्कटल्यान्ड तथा दोस्रो खेल पाकिस्तान र श्रीलंकाबीच हुनेछ । बंगलादेश र स्कटल्यान्ड बीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । त्यसपछि पाकिस्तान र श्रीलंकाबीचको दोस्रो खेल साँझ पौने ८ बजेसुरु हुने छ । दुबै खेल सारजाह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिने छन् ।

आजबाट सुरु हुने महिला टी-२० विश्वकपको फाइनल खेल आइतबार अक्टोबर २० मा खेलिनेछ । १८ दिनसम्म चल्ने प्रतियोगितामा कुल २३ खेल खेलिने छन् । यसअघि महिला टी-२० बंगलादेशमा हुने तालिका थियो । तर त्यहाँको राजनीतिकअवस्थालाई ध्यानमा राख्दै आईसीसीले प्रतियोगिता यूएईमा सारेको हो ।

कुल १० टिमको सहभागिता रहेको प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह एमा अष्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका छन् । समूह बीमा बंगलादेश, इंग्ल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका र वेस्टइन्डिज रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.