फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको नेपाल भ्रमण स्थगित

देश विपद्‌मा परेकाले भ्रमण स्थगित गरिएको एन्फाको भनाइ
आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको नेपाल भ्रमण स्थगित

काठमाडौं । विश्व फुटबलको प्रशासकीय निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको नेपाल भ्रमण हालका लागि स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सामाजिक सञ्जाल मार्फत अध्यक्ष इन्फान्टिनोको नेपाल भ्रमण स्थगित गरिएको जनाएको हो । 

पूर्वनिर्धारित तालिकाअनुसार इन्फान्टिनो सोमबार नेपाल आउने तालिका थियो । तर अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मकवानपुरको सिस्नेरीमा रहेको एन्फा एकेडेमीका छ जना खेलाडीको ज्यान गएको र देशभर निम्तिएको विपत्तिलाई मध्यनजर गर्दै इन्फान्टिनोको नेपाल भ्रमण स्थगित गरिएको एन्फाले जनाएको छ ।

साथै यसबारे अध्यक्ष इन्फान्टिनोलाई समेत जानकारी गराइसकेको एन्फाले जनाएको छ । एन्फाले इन्फान्टिनोको नेपाल भ्रमणको नयाँ मिति चाँडै सार्वजनिक गर्नेसमेत बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.