लुम्बिनी र बागमती प्रदेश सहाना प्रधान स्मृति भलिबलको महिलातर्फ फाइनलमा

गण्डकी र कोशी प्रदेश सेमिफाइनलबाटै बाहिरिए
असार १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनी र बागमती प्रदेश सहाना प्रधान स्मृति भलिबलको महिलातर्फ फाइनलमा

काठमाडौं । लुम्बिनी र बागमती प्रदेश सहाना प्रधान स्मृति अन्डर नाइन्टिन महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज (शुक्रबार) भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो ।

प्रतिस्पर्धात्मक पहिलो सेट गण्डकी प्रदेशले राम्रो चुनौती दिए पनि लुम्बिनीले २७-२५ ले जित्यो । त्यसैगरी, बाँकी सेट उसले २५-१२ र २५-२० ले जितेको थियो ।

आजै भएको अर्को सेमिफाइनलमा बागमती प्रदेशले कोशी प्रदेशविरुद्ध सहज र फराकिलो जित दर्ता गर्यो । पहिलो सेट २५-१८ ले जितेको बागमतीले बाँकी सेटमा २५-६ र २५-९ को जितसाथ फाइनलमा सानदार इन्ट्री गरेको छ ।

फाइनल भोलि हुनेछ । उपाधि जित्ने टिमले तीन लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.