युरो कपको अन्तिम १६ का खेलहरु शनिबारबाट हुने

असार १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
युरो कपको अन्तिम १६ का खेलहरु शनिबारबाट हुने

काठमाडौं । युरोकप २०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ । समूह चरणका सम्पूर्ण खेल सकिएसँगै प्रिक्वार्टर फाइनलमा पुग्ने १६ टोलीको टुङ्गो लागेको हो । सहभागी २४ टोलीमध्य हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेक गणतन्त्र समूह चरणबाटै बाहिरिए ।

अब अन्तिम १६ का खेलहरु शनिबारबाट सुरु हुने छन् । क्वार्टरफाइनल प्रवेशका लागी स्पेनले जर्जियासँग खेल्ने छ भने जर्मनी र डेनमार्क आमने् समना हुनेछन् । यी दुई खेलको विजेताले क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै पोर्चुगल र स्लोभेनिया तथा फ्रान्स र बेल्जियमबीचको विजेताले क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

रोमानिया र नेदरल्यान्ड्स बीचको विजेताले अष्ट्रिया र टर्कीबिचको विजेतासँग अघिल्लो चररणमा खेल्दा इंग्ल्याण्ड र स्लोभाकिया तथा स्विटजरल्यान्ड र इटालीबिचको खेल जित्ने टोलीले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.