युरो कपमा पोर्चुगल जर्जियासँग पराजित

असार १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
युरो कपमा पोर्चुगल जर्जियासँग पराजित

काठमाडौं । युरो कप फुटबल २०२४ अन्तर्गत समूह एफको अन्तिम खेलमा पोर्चुगल जर्जियासँग पराजित भएको छ । जर्जियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको हो । हारका बाबजुद पोर्चुगल समूह विजेता भने बन्यो ।

प्रशिक्षक रोबर्टो मार्टिनेजले कप्तान क्रिस्टियानो रोनाल्डोलाई पहिलो रोजाइमा उतारे पनि अन्य खेलाडी दोस्रो रोजाइका थिए । स्टार फर्वाड रोनाल्डोले जारी सिजनको युरोकपमा गोलको खाता खल्न सकेका छैनन् । दोस्रो मिनेटमा क्विचा क्भारात्क्षेलियाले गोल गर्दै जर्जियालाई सुरुवआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले अघि रहेको जर्जियाले ५७ औं मिनेटमा पेनाल्टी मार्फगत अग्रता दोब्बर गर्‍यो । एन्टोनियो सिल्भाले पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि प्राप्त अवसरमा जर्जियस मिकाउताद्जेले गोल गरेका थिए ।

यसै समूहको अर्को खेलमा टर्कीले १० खेलाडीमा सिमित चेक गणतन्त्रलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.