काठमाडौं । डेनियल कोलिन्स इटालियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छन् । रोममा गएराति सम्पन्न खेलमा भिक्टोरिया अजारेन्कालाई सोझो सेटमा पराजित गर्दै कोलिन्स अन्तिम चारमा प्रवेश गरेकी हुन् ।
उनले अजारेन्कालाई ६-४ र ६-३ को सेटमा पराजित गरिन् । अमेरिकी खेलाडी कोलिन्सले अजारेंकाविरुद्ध एसेस मार्फत ६ अंक बटुल्दा १५ मध्ये पाँच ब्रेक पोइन्ट जोगाइन् ।
बेलारुसकी अजारेन्कालाई पराजित गर्न कोलिन्सले एक घण्टा ४५ मिनेटको समय लगाइन् । १३ औं वरियता प्राप्त कोलिन्सले फाइनल प्रवेशका लागि विश्व नम्बर दुई आर्ना साबालेन्काको सामना गर्ने छिन् ।