लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले टोटेनहमसँग ३ – ३ गोलको रोमाञ्चक बराबरी खेलेको छ ।
गएराति सिटीको इतिहाद रंगहालामा भएको खेलको सुरुवातमा एक गोलले पछि परेको सिटीले बराबरी खेलेको हो ।
यो बराबरीसँगै लिगको दोस्रो स्थानमा जाने सिटीको अवसर गुमेको छ। खेलको छैटौं मिनेटमा नै सन ह्युङ मिनले टोटेनहमलाई आग्रता दिलाएका थिए । त्यसको ३ मिनेट पछि नै सनले आत्मघाति गोल गरेपछि खेल पुनः बराबरीमा आएको हो ।
पहिलो हाफको ३१ औं मिनेटमा भने फिल फोडेले सिटीलाई अग्रताको बाटो देखाए । ६९ औं मिनेटमा लो सेल्सोले गोल गर्दा २ - २ गोलको बराबरी भएको खेललाई ८१ औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
खेलमा इन्ज्युरी समय मात्र बाँकी रहेको अवस्थामा कुलुसेभ्स्कीले गोल गरेपछि सिटी घरेलु समर्थकमाझ एक अंक बाँड्न बाध्य भएको हो । यो बराबरीसँगै ३० अंक जोडेको सिटी लिग तालिकाको तेस्रो स्थानमा छ भने टोटेनहम पाँचौ स्थानमा छ।