साउदी प्रो लिग : हल-हिलालद्वारा अल-नासार ३-शून्यले पराजित

मंसिर १६, २०८० |कान्तिपुर टीभी संवाददाता
साउदी प्रो लिग : हल-हिलालद्वारा अल-नासार ३-शून्यले पराजित

काठमाडौं । साउदी प्रो लिगमा शीर्ष स्थानको अल हिलालले क्रिस्टियानो रोनाल्डोको अल नासार माथि तीन शून्य गोलको सहज जित हात पारेको छ ।

रियाद डर्बीमा प्राप्त यो जितपछि हिलालले अंक तालिकामा ६ अंकको अग्रता बनाएको छ । किङ फाहद स्टेडियममा गएराति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६४ औँ मिनेटमा मिडफिल्डर सर्गे मिलिनकोभिच साभिचले हेडर  गोल गर्दै  हिलालाई अग्रता दिलाएका थिए ।  

उनानसत्तरी औँ मिनेटमा अलेक्जान्दर मिट्रोभिचले गोल गरेपछि नासार दुई शून्यले पछि परेको थियो । इन्जुरी समयमा उनैले गोल गरेपछि नासार तीन शून्यले स्तब्ध बनेको हो । पाहुना टोलीका समर्थकबीच खेल भावना विपरीत गोलको खुसीयाली मनाएपछि अल हिलालका आली अब्दुलाहीले रातो कार्ड पाएका थिए । 

हिलाल जारी लिगमा अपराजित छ । उसले १५ खेलमा १३ मा जित र दुईमा बराबरी खेलेको छ । शीर्ष स्थानमा रहेको उसको ४१ अंक छ । दोस्रो स्थानमा रहेको नासारको ३४ अंक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.