दोस्रो एनटीए लिग तेक्वान्दोको स्वर्ण विजेता बने भूपेन्द्र ठकुरी

मंसिर १६, २०८० |कान्तिपुर टीभी संवाददाता
दोस्रो एनटीए लिग तेक्वान्दोको स्वर्ण विजेता बने भूपेन्द्र ठकुरी

कञ्चनपुर । कञ्चनपुरका भूपेन्द्र ठकुरीले दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगितामा हिजो स्वर्ण जितेका छन् ।

जुनियर पुरुष ४५ केजीमुनि फाइनलमा भूपेन्द्रले दिलीप स्मृतिका कैलाश थापालाई पराजित गरेका हुन् । सिनियर पुरुष ५४ केजीमुनि ढल्कोका अर्पण लामा, ५८ केजीमुनि नेपाल आर्मीका रुमित राउत र ६३ केजीमुनि आर्मीका शुक्रबहादुर विकले स्वर्ण जितेका छन् । 

त्यसैगरी, ८७ केजीमाथि आर्मीका प्रतापबहादुर तामाङ, ८७ केजीमुनि आर्मीका मोहन तामाङ र ८० केजीमुनि आर्मीका सुवास केसीले पहिलो स्थान हात पारे । 

जुनियर पुरुष ४८ केजीमुनि दिलीप स्मृतिका सिसम श्रेष्ठ पहिलो भएका थिए। प्रतियोगितामा पुम्से र ग्यरोगीमा ७२ स्वर्णका लागि ६ सय ५० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । 

सातदोबाटोस्थित तेक्वान्दो हलमा हिजो सुरु भएको प्रतियोगिता भोलिसम्म चल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.