नाडाल झन्डै एक वर्षपछि प्रतिस्पर्धात्मक टेनिसमा फर्कने

मंसिर १६, २०८० |कान्तिपुर टीभी संवाददाता
नाडाल झन्डै एक वर्षपछि प्रतिस्पर्धात्मक टेनिसमा फर्कने

काठमाडौं । स्पेनिस रफायल नाडाल झन्डै एक वर्षपछि प्रतिस्पर्धात्मक टेनिसमा फर्कने भएका छन् । चोटका कारण कोर्ट बाहिर रहेका नाडालले ब्रिसबेन इन्टरनेशनलमा सहभागिता जनाउने जानकारी दिएका हुन् ।

पूर्व नम्बर एक नाडालले, हिपमा समस्या आएपछि गत जनवरीयता खेलेका छैनन् । उनी अस्ट्रेलियन ओपनको दोस्रो चरणको खेलबाट बाहिरिएका थिए । त्यसपछि उनको हिपको शल्यक्रिया भएको थियो । 

यसअघि उनले सन २०२४ को सिजन अन्त्य भएसँगै खेल जीवनबाट संन्यास लिने योजना सुनाएका थिए । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै ३६ वर्षीय नाडालले करिब एक वर्षपछि प्रतिस्पर्धामा फर्कने समय आएको बताएका हुन् । 

ब्रिसबेन इन्टरनेशनल, वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको वार्मअप  हो । नाडालले यो प्रतियोगिता खेल्दै अस्ट्रेलियन ओपनको तयारी गर्नेछन् । नाडाल २२ पटकका ग्रान्डस्लाम च्याम्पियन हुन् । 

उनले सन २००९ र २०२२ मा गरी दुई पटक अस्ट्रेलियन ओपन जितेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.