बायर्न म्युनिखको स्क्वाड सार्वजनिक

श्रावण ८, २०८०
बायर्न म्युनिखको स्क्वाड सार्वजनिक

काठमाडौं । जर्मन बुन्डेस लिगाको नयाँ सिजन सुरु हुनुअघि साबिक विजेता बायर्न म्युनिखले आफ्नो स्क्वाड सार्वजनिक गरेको छ ।

घरेलु मैदान एलियान्ज एरेनामा हजारौं समर्थकमाझ क्लबले टोलीमा समावेश गरिएका नयाँ अनुहारसतिहको टोली सार्वजनिक गर्यो । जसमा दक्षिण कोरियाली डिफेन्डर किम मिन-जे उपस्थित थिए ।

बोरुसिया डर्टमन्डसँगको सम्झौता नवीकरण हुन नसकेपछि फ्री ट्रन्सफरमार्फत बायर्न प्रवेश गरेका पोर्चुगिच डिफेन्डर रफायल गुएरो बैसाखीका साथ पिचमा देखिए । उनी प्रशिक्षणका क्रममा चोटग्रस्त भएका हुन् ।

भव्य कार्यक्रममा प्रशंसकहरूले इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमका कप्तान ह्यारी केन बायर्न म्युनिखमा आउने हुने आशा व्यक्त गरेका छन् । मिडिया रिपोर्टहरूका अनुसार बायर्नले केनलाई पाँच वर्षको सम्झौताका लागि दुई सय मिलियन युरोबराबरको प्याकेज प्रस्ताव गरेको छ ।

जसमध्ये आधा रकम ट्रान्सफर फी र बाँकी आधा इंग्लिस स्ट्राइकरको तलबका लागि रहेको बताइएको छ । २०२३-२४ सिजनको बुन्डेस लिगा आगामी अगस्त १८ देखि सुरु हुँदै छ ।