सहिद स्मारक ए डिभिजन लिगले पायो मुख्य प्रायोजक

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
सहिद स्मारक ए डिभिजन लिगले पायो मुख्य प्रायोजक

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको अन्त्यतिर आइपुग्दा बल्ल मुख्य प्रायोजक प्राप्त भएको छ ।

लिगको २५औं चरण चलिरहँदा पुरानै प्रायोजक कतार एयरवेजले प्रायोजन गर्ने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाले आज (बुधबार) गत शनिबार बसेको आकस्मिक बैठकको निर्णय सार्वजनिक गर्दै प्रायोजकबारे जानकारी दिएको हो ।

आकस्मिक बैठकले कतार एयरवेजको प्रस्ताव पारित गरेको निर्णय गरेको थियो । जसअनुसार जारी लिगका लागि ५० हजार अमेरिकी डलर अर्थात् ४१ लाख रुपैयाँमा सम्झौता भएको छ । बाँकी एक लाख पचास हजार अमेरिकी डलर आगामी संस्करण अर्थात् २०२४ का लागि रहनेछ ।

साथै बैठकले अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा आयोजना हुने फिफा महिला विश्वकपका लागि २३० वटा टिकटको आन्तरिक भागबन्डा गरेको छ । महिला फ्रेन्चाइज फुटबलका लागि साझेदार खोज्ने विषयमा समेत बैठकमा छलफल भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.