‘ए’ डिभिजन लिगमा आजदेखि २२ औँ चरणका खेल

जेष्ठ १३, २०८० |कान्तिपुर टीभी संवाददाता
‘ए’ डिभिजन लिगमा आजदेखि २२ औँ चरणका खेल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आजदेखि २२ औँ चरणका खेलहरु सुरु हुँदैछन् । आज तीन खेल हुनेछन् ।

दिउँसो २ बजे हुने खेलमा जावलाखेल युवा क्लब र एपीएफ क्लब आमनेसामने हुनेछन् । दशरथ रंगशालामा हुने यो खेलमा जावलाखेल ४ खेल देखिको जितविहीन यात्रामा पूर्णविराम लगाउन चाहन्छ । १८ औँ चरणसम्म शीर्ष स्थान वरिपरि नै रहेको टोलीले पछिल्ला चारै खेलमा बराबरीमा रोकिएपछि तेस्रो स्थानमा झरेको थियो । जावलाखेलको ३४ अंक छ । एपीएफ २६ अंकसहित ९ औँ स्थानमा छ । एपीएफ लगातार दोस्रो खेल जित्ने लक्ष्यमा हुनेछ ।

यस्तै दिउँसो ३ बजे साविक विजेता मच्छिन्द्र र साविक उपविजेता आर्मी प्रतिस्पर्धामा उत्रिनेछन् । चार खेलदेखि अपराजित मच्छिन्द्र ३५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

आज आर्मीलाई हराए उसले शीर्ष स्थानको चर्च ब्वाइजसँग अंक बराबरी गर्नेछ । आर्मी २९ अंकसहित पाचौँ स्थानमा छ ।

यसैगरी साँझ ६ बजे दशरथ रंगशालामा चर्च ब्वाइज र संकटा भिड्दैछन् । चर्च ब्वाइज लगातार २ खेलदेखिको जितविहीन यात्रामा ब्रेक लगाउन चाहन्छ । यता रेलिगेसन जोनमा रहेको संकटाको २३ अंक छ । पाँच खेलको जितविहीन यात्रामा ब्रेक लगाएमा संकटाले रेलिगेसन क्षेत्र छाड्ने छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.