इटहरी गोल्डकपको सेमिफाइनलमा सगरमाथा क्लब

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
इटहरी गोल्डकपको सेमिफाइनलमा सगरमाथा क्लब

इटहरी । साबिक विजेता सगरमाथा फुटबल क्लब मोरङ इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इटहरी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा मोरङले बुढासुब्बा गोल्डकप विजेता एभिनियर फुटबल क्लब क्यामरुनलाई पेनाल्टी सुटआउटमा ४-३ पराजित गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टीमा एभिनियरका साबा अलीको प्रहार क्रसबारमा लागेर बाहिरियो । जोय अल्डोको प्रहार सगरमाथाका गोलकिपर च्याङ थेबेले रोकेका थिए ।

सगरमाथाका राजीव लोप्चा, मेसुके, अभिषेक राई, अभिषेक लिम्बूले पेनाल्टीलाई गोलमा परिणत गरे । मोरङ टिममा ए डिभिजन लिग क्लब खुमलटारका खेलाडीको बाहुल्यता छ । भोलि (आइतबार) आयोजक राष्ट्रिय जागृति क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । आठ टिम सहभागी गोल्डकप विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.