काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले सत्तारूढ दलहरू दुई दलीय व्यवस्थाको अभ्यासतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक विविधतामा दुई दलीय प्रणाली अनउपुयक्त हुने तर्क गर्नुभयो ।
उहाँले दुई दलीय प्रयोग अन्ततः एकदलीय व्यवस्थातर्फ धकेलिने उल्लेख गर्दै सत्तारूढ दलहरूको दुई दलीय मिसन नेपाली जनताले पुरा हुन नदिने टिप्पणी समेत गर्नुभयो ।
उहाँले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास सामाजिक न्याय र समावेशी अनुकूल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।