गोरखा । भूमि समस्या समाधान आयोग गोरखाले जिल्लामै पहिलो पटक धार्चे गाउँपालिकाबाट भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा वितरण थालेको छ ।
धार्चे गाउँपालिका वडा नम्बर १ हुल्चुकका भूमिहीन चार दलित परिवारलाई उनीहरुले आवाद, कमोद गर्दै आएका घरजग्गाको जग्गाधनी प्रमाणपत्र एक कार्यक्रम आयोजना गरी प्रदान गरियो ।
जग्गाधनी प्रमाणपत्र पाउनेहरुमा धार्चे गाउँपालिका वडा नम्बर-१ हुल्चुकका मंगले विक, राजु विक, आइतसिं विक र रामबहादुर कामी रहेका छन् । गोरखाका अन्य स्थानीय तहहरुमा पनि भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणको तयारी गरिरहेको भूमि समस्या समाधान आयोग गोरखाका अध्यक्ष राजनराज पन्तले जानकारी दिनुभयो ।